Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ काठमाडौं, सिराहा जिल्लाको बरियारपट्टी गाँउपालिका ३ स्थित चमारटोलबाट भाद्र ३१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको रौतामाई गाँउपालिका ९ बस्ने ३१ वर्षीय राजु तामाङ छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारट्टीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स. ९ च ४८२९ नम्वरको मोटरसाईकलमा सवार निज तामाङलाई जाँच गर्दा उनको साथमा नोफिन १३ वटा, डाईजिल्याप १३ वटा, फेनारगन १३ वटा तथा नाईट्रोजन ट्याब्लेट २४ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट एपीएफ टोलीले भाद्र ३१ गते बिभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ बस्ने १८ वर्षीय रञ्जन परियार र २८ वर्षीय दिपेश राई छन् । भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथबाट डाईजोपाम ९ वटा, नुफिन ९ वटा र फेनारगन ९ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सिराहा जिल्लाको बरियारपट्टी गाँउपालिका ३ स्थित चमारटोलबाट भाद्र ३१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको रौतामाई गाँउपालिका ९ बस्ने ३१ वर्षीय राजु तामाङ छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारट्टीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स. ९ च ४८२९ नम्वरको मोटरसाईकलमा सवार निज तामाङलाई जाँच गर्दा उनको साथमा नोफिन १३ वटा, डाईजिल्याप १३ वटा, फेनारगन १३ वटा तथा नाईट्रोजन ट्याब्लेट २४ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट एपीएफ टोलीले भाद्र ३१ गते बिभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ बस्ने १८ वर्षीय रञ्जन परियार र २८ वर्षीय दिपेश राई छन् । भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथबाट डाईजोपाम ९ वटा, नुफिन ९ वटा र फेनारगन ९ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।