Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, बारा जिल्लाको गढीमाई नगरपालिका ६ स्थित नेपाल भारत सीमा ईलाकाबाट भाद्र २७ गते एपीएफ टोलीले करीव पाँच लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना ८ ख ४४०६ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ हजार ५ सय ९६ थान लेडिज कुर्थासुरुवाल सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले भाद्र २८ गते करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल एपीएफ टोलीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित भन्सार रोड ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरापलिका १२ स्थित कालीझोडाबाट एपीएफ टोलीले भाद्र २७ गते करीव एक लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बारा जिल्लाको गढीमाई नगरपालिका ६ स्थित नेपाल भारत सीमा ईलाकाबाट भाद्र २७ गते एपीएफ टोलीले करीव पाँच लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना ८ ख ४४०६ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ हजार ५ सय ९६ थान लेडिज कुर्थासुरुवाल सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले भाद्र २८ गते करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल एपीएफ टोलीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित भन्सार रोड ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरापलिका १२ स्थित कालीझोडाबाट एपीएफ टोलीले भाद्र २७ गते करीव एक लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।