सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा कटुवा पेस्तोल तथा गोलीसहित पक्राउ |
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट गएराती मध्यरातमा करीव साढे १२ बजे एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा ७.६२ मि.मि. को दुई वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको धनौजी गाउँपालिका २ बस्ने अन्दाजी ३२ बर्षिय मनिष मिश्र छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सोही जिल्लाको लोहनाबाट धनौजीतर्फ साइकलमा जाँदै गरेका निज मिश्रलाई गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका मिश्रलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ । |