Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ तिनकुनेबाट भाद्र २५ गते एपीएफ टोलीले करीब चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बिराटनगरबाट जनकपुरतर्फ जाँँदै गरेको ना. ४ ख ६८४६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामान फेला परेपछि बरामद गरिएको हो । बरामद मोटर पाटर््स आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले भाद्र २५ गते करीब दुई लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा बारा जिल्लाको महागढिमाई नगरपालिका ६ धर्मचोकबाट उक्त लत्ताकपडा बरामद गरिएको हो । यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट भाद्र २५ गते एपीएफ टोलीले प्रज्ञापन पत्र नभएको लत्ताकपडा तथा कस्मेटिक सामानसहित उक्त सामान ल्याउन प्रयोग भएको गाडी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतीय नम्बर यूपी ४० एक्स ३१३१ नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि गाडी सहितै सामान बरामद गरिएको हो । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको छ । उक्त सामान र गाडीको भन्सार दाखिला मूल्य ३ लाख २७ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ तिनकुनेबाट भाद्र २५ गते एपीएफ टोलीले करीब चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बिराटनगरबाट जनकपुरतर्फ जाँँदै गरेको ना. ४ ख ६८४६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामान फेला परेपछि बरामद गरिएको हो । बरामद मोटर पाटर््स आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले भाद्र २५ गते करीब दुई लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा बारा जिल्लाको महागढिमाई नगरपालिका ६ धर्मचोकबाट उक्त लत्ताकपडा बरामद गरिएको हो । यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट भाद्र २५ गते एपीएफ टोलीले प्रज्ञापन पत्र नभएको लत्ताकपडा तथा कस्मेटिक सामानसहित उक्त सामान ल्याउन प्रयोग भएको गाडी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतीय नम्बर यूपी ४० एक्स ३१३१ नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि गाडी सहितै सामान बरामद गरिएको हो । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको छ । उक्त सामान र गाडीको भन्सार दाखिला मूल्य ३ लाख २७ हजार रुपैयाँ रहेको छ ।