Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० बाट भाद्र १२ गते एपीएफ टोलीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको फेन्सी सामान, किराना सामान तथा ईलेक्ट्रि«क सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानिय भन्सार कार्यालय बुझाएको छ । यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी ईलाकाबाट भाद्र १२ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । को.१ ह ५६८२ नम्वरको सिटी रिक्सामा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त सिटी रिक्सा समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ । उक्त लत्ताकपडा तथा सिटी रिक्साको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ । यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका ४ टिकुलियाबाट भाद्र १२ गते एपीएफ टोलीले करीव एक लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडासहित सो साईकल समेत सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा साईकल आवश्यक कारवाहीको लागि स्थानयि भन्सार कार्यालय बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० बाट भाद्र १२ गते एपीएफ टोलीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको फेन्सी सामान, किराना सामान तथा ईलेक्ट्रि«क सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानिय भन्सार कार्यालय बुझाएको छ । यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी ईलाकाबाट भाद्र १२ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । को.१ ह ५६८२ नम्वरको सिटी रिक्सामा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त सिटी रिक्सा समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ । उक्त लत्ताकपडा तथा सिटी रिक्साको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ । यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका ४ टिकुलियाबाट भाद्र १२ गते एपीएफ टोलीले करीव एक लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडासहित सो साईकल समेत सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा साईकल आवश्यक कारवाहीको लागि स्थानयि भन्सार कार्यालय बुझाईएको छ ।