Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट भाद्र ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १४ बस्ने २३ वर्षिय आशिष रुम्वालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ३५ प ५०७३ नम्बरको स्कूटरमा सवार निज रुम्वालाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १२ वटा, नोफिन १२ वटा र फेनारागन १२ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज रुम्वालाई बरामद लागूऔषध तथा उक्त स्कूटरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट भाद्र ४ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाको मानन्धर चोक बस्ने २९ वर्षिय विजेन्द्र झा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । ज ६ प ४१३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज झालाई शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स २ बोतल र स्यामोक्स ट्याब्लेट ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका झालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट भाद्र ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १४ बस्ने २३ वर्षिय आशिष रुम्वालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ३५ प ५०७३ नम्बरको स्कूटरमा सवार निज रुम्वालाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १२ वटा, नोफिन १२ वटा र फेनारागन १२ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज रुम्वालाई बरामद लागूऔषध तथा उक्त स्कूटरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट भाद्र ४ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाको मानन्धर चोक बस्ने २९ वर्षिय विजेन्द्र झा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । ज ६ प ४१३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज झालाई शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स २ बोतल र स्यामोक्स ट्याब्लेट ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका झालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएइएको छ ।