Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नती हुनुभएका २२ जनालाई जेठ २ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको बैशाख २७ गतेको निर्णयले उहाँहरु पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई हार्दिक बधाई एवं शुभकामना दिनुहुँदै संगठन प्रतिको समर्पण एवं कार्यक्षेत्रमा उहाँहरुले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै पदोन्नती गरिएको बताउनुभयो । उहाँले दर्जासँगै बढेको जिम्मेवारी निर्वाह गर्ने क्रममा आगामी दिनमा अझ बढि लगनशिल, अनुशासिक एवं उत्प्रेणित भएर हौसलाकासाथ कार्यक्षेत्रमा विशिष्ट योगदान पु¥याउन क्रियाशिल रहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले गृहप्रशासन सुधार कार्ययोजनाको मूलमर्मलाई आत्मसाथ गर्दै संगठनलाई प्राप्त हरेक जिम्मेवारीलाई उत्कृष्ट एवं व्यावसायिक ढंगबाट पुरागर्न नीति, नियम र योजनाकासाथ सामुहिक भावनाकासाथ व्यक्तिगत स्वार्थलाई थाती राख्दै अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो । भ्रष्टाचार एवं लैगिंक हिंसाको घटनामा संगठनले शून्य सहनशिलताको नीति अवलम्वन गरेकोे चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा मानअधिकारको संरक्षण गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा, रामशरण पौडेल, सुबोधकुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

/uploads/news/image...JPG