Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,

          धनुषा जिल्लाको औरही गाँउपालिका ६ चक्करचोक तथा जनकपुर महानगरपालिका ४ क्याम्पस चोकबाट साउन २० गते एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको लत्ताकपडा, रजनीगन्धा तथा पान मसला बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामानहरु ल्याउन प्रयोग भएको ४ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

          बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

          बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य करीब ९ लाख रुपैयाँ रहेको छ । 

          यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिरसियास्थित सीमा ईलाकाबाट साउन २० गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरेको छ ।

          भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।

          बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }