Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,

          सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा (राजश्व तथा भन्सार सुरक्षा) रुपन्देहीको एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको एउटा यात्रुबाहक बस समेत बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

          सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीको कमाण्डमा खटिएको एपीएफ टोलीले साउन १७ गते उक्त लत्ताकपडा तथा गाडी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बरामद गरेको थियो ।

          दिल्ली–बुटवल चल्ने लु. १ ख ६६४९ नम्बरको यात्रुबाहक बसमा फल्सबटन बनाई लुकाई छिपाई भारतबाट नेपालतर्फ अवैध रुपले चोरीपैठारी गर्न लागेको अवस्थामा उल्लेखित मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडाहरु फेला परेपछि उक्त लत्ताकपडासहित सो गाडी समेत बरामद गरिएको हो ।

          एपीएफ टोलीले त्यसवेला उक्त यात्रुबाहक बसका चालक स्याङजा जिल्लाको गल्याङ नगरपालिका १ मालुङ्गा बस्ने ३६ बर्षिय राजु सुनार तथा सह–चालक सोही नगरपालिका बस्ने २५ बर्षिय यमबहादुर सुनारलाई पक्राउ गरेको छ । 

          एपीएफ टोलीले बरामद सामान तथा गाडीसहितै पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।

          उक्त सामान तथा गाडीको भन्सार दाखिला मूल्य करीब ३१ लाख ५० हजार रहेको छ ।

          यसैगरी सोही गुल्मबाट खटिएको एपीएफ टोलीले साउन १९ गते रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट करीब १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सेकेण्ड हेण्ड ल्यापटप तथा ल्यापटपका सामानहरु बरामद गरेको छ ।

          बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

          यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट साउन १८ गते एपीएफ टोलीले करीब १ लाख ७७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, मोटर पाटर््स तथा किराना सामान बरामद गरेको छ ।

          सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।

          बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }