Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार –

काठमाडौं,
        हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा
डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।
        धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ बेरियामर्नामा अविरल
वर्षाको कारण जमुनी नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका करीव ५० घर
परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामाबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीले डुवानमा परेका व्यक्तिहरुलाई उद्वार गरी
सुरक्षित स्थानमा सारेको हो ।
        यसैगरी सोही जिल्लाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ स्थित विगी
खोलामा अविरल वर्षाको कारण आएको बाढिले डुवानमा परेका करीव एक सय घर
परिवालाई सुरक्षित स्थानमा सारिएको छ ।

टोली र स्थानीय प्रहरीले सो ठाउँका पीडितहरुलाई सुरक्षित स्थानमा सारेको
हो ।
        यसैगरी पर्सा जिल्लाको विरगंज महानगपालिका २५ स्थित सिर्सिया खोलामा
बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असार २९ गते फेला पारेको छ ।
        सोही ठाउँ बस्ने ५० वर्षिय दुर्गा साह दुरा उक्त खोलामा खसेर बेपत्ता
भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा
पर्साबाट खटिएको एपीएफ टोलीले निज साहको शव सोही महानगरपालिका २ स्थित
भगुवा घाटमा फेला पारेको हो ।
        यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ बजराहीबाट बेपत्ता भएका
दुई जनामध्ये एक जनाको शव असार २९ गते एपीएफ टोलीले फेला पारेको छ ।
        बेपत्ता भएका सोही ठाउँ बस्ने १२ वर्षिय प्रशान्त ठाकुरको शव सशस्त्र
प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले
फेला पारेको हो ।
        उनीहरु घरबाट बजार जाने क्रममा पानीमा डुवेर बेपत्ता भएको बताईएको छ ।
एपीएफ टोलीले बेपत्ता भएका युवराज ठाकुरको खोजीकार्य गरिरहेको बताईएको छ

        यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित एक पोखरीबाट एपीएफ टोलीले
एक जनाको शव फेला पारेको छ ।
        सोही जिल्लाको राजपुर नगरपालिका १ छतुवा बस्ने अन्दाजी ३५ वर्षिय
सोनेलाल साह सुनारको शव सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
गौरबाट खटिएको एपीएफ टोलीले पोखरीबाट बाहिर निकालेको हो ।
        यसैगरी धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ४ स्थित बालुवा खोला तर्ने
क्रममा बेपत्ता भएका एक जनाको शव असार ३० गते एपीएफ टोली तथा स्थानीय
प्रहरीले फेला पारेको छ ।
        सोही ठाउँ बस्ने ७० वर्षिय बिपतिया चमार खोला तर्ने क्रममा बेपत्ता भएको
जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश धनुषाधामबाट
खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले खोजी गर्ने क्रममा उनको शव बगाएको
स्थानबाट दक्षिणतर्फ फेला पारेको हो ।

/uploads/news/5d2cffc0b59b2.jpg