Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं,
        हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा
डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । एपीएफ टोली आज
अपरान्हसम्म देशका विभिन्न भागमा अविरल वर्षाको कारण बाढि पहिरो तथा
डुवानमा परेका चार सय ९३ जनालाई उद्वार गरेको छ । उद्वार कार्यमा करीव १०
हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएका छन् ।
        यसैबीच आज मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित दरैया बस्तीमा
अविरल वर्षाको कारण डुवानमा परेका घरहरुबाट एपीएफ टोलीले करीव ४० जनालाई
उद्वार गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ
टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको हो ।
        यसैगरी सोही जिल्लाकै उर्लावारी नगरपालिका ८ स्थित चौधरी टोलमा अविरल
वर्षाको कारण बक्राहा खोलाले बाध कटान गरी डुवाउने सम्भावना रहेपछि सो
ठाउँका २१ जना व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश उर्लावारीबाट खटिएको एपीएफ टोली र
स्थानीय प्रहरीले उनीहरुको उद्वार गरेको हो ।
        यसैगरी सिराहा जिल्लाको कल्याणपुर नगरपालिका ३ ईटारीप्रसाई स्थित घुर्मी
र कमला खोलाको तटमा आँपको रुखमा फसेका सोही ठाउँ बस्ने ६० वर्षिय महेश्वर
साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट
खटिएको एपीएफ टोलीले सकूशल उद्वार गरेको छ ।
        यसैगरी सिन्धुली गोलान्जोर गाउँपालिका ५ स्थित २६ किलो भन्ने स्थानमा
अविरल वर्षाको कारण सडक माथिबाट ढुंगासहितको पहिरो आई अवरुद्ध विपी
लोकमार्ग एपीएफ टोलीले खुलाएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट खटिएको एपीएफ टोलीले
उक्त अवरुद्व सडक खुलाएको हो ।
        अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढि तथा डुवान भएपछि एपीएफ
टोली सकृयताकासाथ उद्वार कार्यमा जुटेको छ ।

{ /images/misc/no-image.jpg }