Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको उद्घाटनकाठमाडौं, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले नेपाल एपीएफ क्लवको आयोजनामा संचालन हुने ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को चैत्र १० गते उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित उद्घाटन समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्बन्धित खेलका मुख्य रेफ्रीहरुलाई बल तथा सटल कर्क हस्तान्तरण गरी प्रतियोगिताको सुभारम्भ गर्नुभएको हो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापना काल सँगै नेपाल एपीएफ क्लवको स्थापना गरी राष्ट्रको खेलकुदको क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले विगत लामो समयदेखि ब्याडमिन्टन, लनटेनिस र महिला भलिबलमा राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्दै आइरहेको उल्लेख गनुहुँदै यस्ता प्रतियोगिताले देशभर छरिएर रहेका खेलप्रतिभाहरुलाई एकिकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रतियोगिता अन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष एकलतर्फको खेलमा भोजबहादुर गुरुङ्ग, अनिष कटुवाल, गोकुल तामाङ, आशिष तामाङ, रोशन कुमाल, अमृत चौधरी, बिजय बानियाँ, गोकुल जोरा, अनिष खतिवडा, गोकुल तामाङ र प्रियान्सुसिंह क्षेत्री विजयी भएका छन् । यसैगरी आजै सम्पन्न लनटेनिस तर्फको खेलमा सुरजकुमार श्रेष्ठ, किरनजंग कुवँर, चन्द्र थापा, उत्तम बोगटी, केशर गुरुङ्ग, राम राणा, कृष्ण कार्की, कुमार तामाङ्ग, पल मार्टिन सोल, देव क्षेत्री, सुकमान तामाङ्, भीष्मजंग गुरुङ्ग, रोहित सुनुवार, काजीमान गुरुङ्ग, राजु श्रेष्ठ, सुबोध अधिकारी, मनोज शाह, सीमान्त गुरुङ्ग, गोपी भट्टराई, अमृत रोका, राजेश क्षेत्री, महेश श्रेष्ठ, ध्रुव गुरङ्ग, आशिष सिग्देल र करिमुल्ला मुस्लिम विजयी भएका छन् । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य ईन्दिरा निरौला लगायत विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/5c97f1bb2e8cf.JPG
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले नेपाल एपीएफ क्लवको आयोजनामा संचालन हुने ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को चैत्र १० गते उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित उद्घाटन समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्बन्धित खेलका मुख्य रेफ्रीहरुलाई बल तथा सटल कर्क हस्तान्तरण गरी प्रतियोगिताको सुभारम्भ गर्नुभएको हो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापना काल सँगै नेपाल एपीएफ क्लवको स्थापना गरी राष्ट्रको खेलकुदको क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले विगत लामो समयदेखि ब्याडमिन्टन, लनटेनिस र महिला भलिबलमा राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्दै आइरहेको उल्लेख गनुहुँदै यस्ता प्रतियोगिताले देशभर छरिएर रहेका खेलप्रतिभाहरुलाई एकिकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रतियोगिता अन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष एकलतर्फको खेलमा भोजबहादुर गुरुङ्ग, अनिष कटुवाल, गोकुल तामाङ, आशिष तामाङ, रोशन कुमाल, अमृत चौधरी, बिजय बानियाँ, गोकुल जोरा, अनिष खतिवडा, गोकुल तामाङ र प्रियान्सुसिंह क्षेत्री विजयी भएका छन् । यसैगरी आजै सम्पन्न लनटेनिस तर्फको खेलमा सुरजकुमार श्रेष्ठ, किरनजंग कुवँर, चन्द्र थापा, उत्तम बोगटी, केशर गुरुङ्ग, राम राणा, कृष्ण कार्की, कुमार तामाङ्ग, पल मार्टिन सोल, देव क्षेत्री, सुकमान तामाङ्, भीष्मजंग गुरुङ्ग, रोहित सुनुवार, काजीमान गुरुङ्ग, राजु श्रेष्ठ, सुबोध अधिकारी, मनोज शाह, सीमान्त गुरुङ्ग, गोपी भट्टराई, अमृत रोका, राजेश क्षेत्री, महेश श्रेष्ठ, ध्रुव गुरङ्ग, आशिष सिग्देल र करिमुल्ला मुस्लिम विजयी भएका छन् । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य ईन्दिरा निरौला लगायत विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।