Toll Free No : 1114   +977-01-4270553
Chief.IG_photo.jpeg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्स ट्रेन द ट्रेनर्स कोर्ष’ समापनकाठमाडौं, यूएन डिपीओ र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त आयोजनामा संचालित ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्ष ट्रेन द ट्रेनर्स कोर्ष’ समाप्त भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र १ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र यूएन डिपीओका ड्याग रोजर डाह्लेनले तालिमको समापन समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विश्व शान्तिका लागि सयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर द्वण्द्वग्रस्त मुलुकहरुमा शान्ति सुरक्षा बहाली गर्ने कार्यमा नेपालका सुरक्षाकर्मीहरुले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहुँदै यस्ता प्रशिक्षणबाट प्राप्त ज्ञानले आगामी दिनहरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर काम गर्नुपर्दा सहजता प्राप्त हुनुकासाथै सुरक्षाकर्मीहरुको व्यावसायिक दक्षतामा समेत अभिवृद्धि हुने बताउनुभयोे । उहाँले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव कार्यक्षेत्रमा लागू गर्नुकासाथै आगामी दिनमा संयुक्त राष्ट्रसंघीय मिसनहरुमा सहभागीता जनाउने सुरक्षाकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षार्थी अधिकृतहरु सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफु मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै प्रभावकारी कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले यस्ता तालिम संचालन गर्न सहयोग पु¥याएकोमा संयुक्त राष्ट्रसंघ प्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले संयुक्त राष्ट्रसंघीय मिशनमा नेपालले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहँुदै यस्ता तालिमले उत्कृष्ट प्रशिक्षक उत्पादनमा योगदान पु¥याएको उल्लेख गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट संयुक्त राष्ट्रसंघको म्याण्डेट लगायत विविध पक्षहरुको बारेमा महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको विश्वास व्यक्त गर्नुभयो । यूएन डिपीओका ड्याग रोजर डाह्लेनले यस तालिमबाट शान्ति स्थापनार्थ विभिन्न मिसनमा खटिने सुरक्षाकर्मीलाई मिसनमा परिचालनपूर्व प्रि–डिप्लोयमेन्ट तालीम दिन सक्ने योग्य प्रशिक्षक उत्पादन गर्न तालीम सफल रहेको विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित दुई हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका १८ जना अधिकृत तथा नेपाल प्रहरीका ६ जना अधिकृत गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/5c8befb6b80b2.JPG
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्स ट्रेन द ट्रेनर्स कोर्ष’ समापन
काठमाडौं, यूएन डिपीओ र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त आयोजनामा संचालित ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्ष ट्रेन द ट्रेनर्स कोर्ष’ समाप्त भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र १ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र यूएन डिपीओका ड्याग रोजर डाह्लेनले तालिमको समापन समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विश्व शान्तिका लागि सयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर द्वण्द्वग्रस्त मुलुकहरुमा शान्ति सुरक्षा बहाली गर्ने कार्यमा नेपालका सुरक्षाकर्मीहरुले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहुँदै यस्ता प्रशिक्षणबाट प्राप्त ज्ञानले आगामी दिनहरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर काम गर्नुपर्दा सहजता प्राप्त हुनुकासाथै सुरक्षाकर्मीहरुको व्यावसायिक दक्षतामा समेत अभिवृद्धि हुने बताउनुभयोे । उहाँले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव कार्यक्षेत्रमा लागू गर्नुकासाथै आगामी दिनमा संयुक्त राष्ट्रसंघीय मिसनहरुमा सहभागीता जनाउने सुरक्षाकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षार्थी अधिकृतहरु सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफु मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै प्रभावकारी कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले यस्ता तालिम संचालन गर्न सहयोग पु¥याएकोमा संयुक्त राष्ट्रसंघ प्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले संयुक्त राष्ट्रसंघीय मिशनमा नेपालले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहँुदै यस्ता तालिमले उत्कृष्ट प्रशिक्षक उत्पादनमा योगदान पु¥याएको उल्लेख गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट संयुक्त राष्ट्रसंघको म्याण्डेट लगायत विविध पक्षहरुको बारेमा महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको विश्वास व्यक्त गर्नुभयो । यूएन डिपीओका ड्याग रोजर डाह्लेनले यस तालिमबाट शान्ति स्थापनार्थ विभिन्न मिसनमा खटिने सुरक्षाकर्मीलाई मिसनमा परिचालनपूर्व प्रि–डिप्लोयमेन्ट तालीम दिन सक्ने योग्य प्रशिक्षक उत्पादन गर्न तालीम सफल रहेको विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित दुई हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका १८ जना अधिकृत तथा नेपाल प्रहरीका ६ जना अधिकृत गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।