Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउकाठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १४ स्थित मल्हनियाँबाट फागुन २५ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने २६ वर्षिय मोहमद फत्तेलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज फत्तेलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजाल्याव ३० वटा, बुप्रेनोफिन इन्जेक्सन ३० वटा, फेनारगन ३० वटा र स्मापेन ल्याबोरेट २४ वटा फेला परेपछि उनलाई गरिएको हो । यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट एपीएफ टोलीले फागुन २५ गते विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं जिल्लाको टोखा नगरपालिका २९ बस्ने २१ बर्षिय प्रिन्स तामाङ् र सोही जिल्लाको तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षिय विकास महर्जन छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला उनीहरुको साथबाट नुफिन ८० वटा, डाईजिल्याप ८० वटा, नाईट्रोभेट छ सय ३० वटा र प्रोमेथाजेन ८० वटा फेला परेको थियो । गौरबाट चपुरतर्फ आउँदै गरेको अटो रिक्साबाट ओर्लिएपछि एक आपसमा वादविवाद गरी झगडा गर्न थालेका उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएइको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १४ स्थित मल्हनियाँबाट फागुन २५ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने २६ वर्षिय मोहमद फत्तेलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज फत्तेलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजाल्याव ३० वटा, बुप्रेनोफिन इन्जेक्सन ३० वटा, फेनारगन ३० वटा र स्मापेन ल्याबोरेट २४ वटा फेला परेपछि उनलाई गरिएको हो । यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट एपीएफ टोलीले फागुन २५ गते विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं जिल्लाको टोखा नगरपालिका २९ बस्ने २१ बर्षिय प्रिन्स तामाङ् र सोही जिल्लाको तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षिय विकास महर्जन छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला उनीहरुको साथबाट नुफिन ८० वटा, डाईजिल्याप ८० वटा, नाईट्रोभेट छ सय ३० वटा र प्रोमेथाजेन ८० वटा फेला परेको थियो । गौरबाट चपुरतर्फ आउँदै गरेको अटो रिक्साबाट ओर्लिएपछि एक आपसमा वादविवाद गरी झगडा गर्न थालेका उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएइको छ ।