Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका औषधीसहित दुई जना पक्राउकाठमाडौं, सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ५ स्थित सत्रुधन चोकबाट फागुन १६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २२ वर्षिय जाविर अलीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बोधेबसाईनबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले निज अलीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन ३ सय वटा र ३ सय वटा नोफिन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका अलीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरीगंजबाट खटिएको एपीएफ टोलीले फागुन १६ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । झापा जिल्लाको गौरादाह नगरपालिका ७ जुरोपानी बस्ने २५ वर्षिय सुबोध कोईरालालाई एपीएफ टोलीले सोही जिल्लाको गौरीगंज गाउँपालिका ३ बाट पक्राउ गरेको हो । मे ९ प ८१६७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज कोईलालाई जाँच गर्दा उनको साथमा निट्रोसन ५ वटा, स्पास पोक्राप्लस ट्याब्लेट ८ वटा, निट्राभेट १० वटा र इस्कुफ सुरुप १० बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका कोईरालालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा विभिन्न किसिमका औषधीसहित दुई जना पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ५ स्थित सत्रुधन चोकबाट फागुन १६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २२ वर्षिय जाविर अलीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बोधेबसाईनबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले निज अलीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन ३ सय वटा र ३ सय वटा नोफिन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका अलीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरीगंजबाट खटिएको एपीएफ टोलीले फागुन १६ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । झापा जिल्लाको गौरादाह नगरपालिका ७ जुरोपानी बस्ने २५ वर्षिय सुबोध कोईरालालाई एपीएफ टोलीले सोही जिल्लाको गौरीगंज गाउँपालिका ३ बाट पक्राउ गरेको हो । मे ९ प ८१६७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज कोईलालाई जाँच गर्दा उनको साथमा निट्रोसन ५ वटा, स्पास पोक्राप्लस ट्याब्लेट ८ वटा, निट्राभेट १० वटा र इस्कुफ सुरुप १० बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका कोईरालालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी बुझाएको छ ।