Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ:-काठमाडौं, धनुषा जिल्लाको विदेह नगरपालिका ९ ईटहरुवास्थित सीमा ईलाकाबाट असार १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धनौजी गाँउपालिका १ लखौरी बस्ने २५ बर्षिय अमित कुमार बरहीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी धनौजीबाट खटिएको टोलीले निज बरहीलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ७२ वटा, स्पास्मो प्लस ट्याब्लेट ८ वटा, पेन्टाजोइन २० वटा, एक्जिप्लोन सिरप २ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज बरहीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धुनषामा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिअर्वाबाट खटिएको टोलीले असार १५ गते नाईट्राभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजासहित बारा जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वाबाट सोही उपमहानगरपालिका १२ शितलपुर बस्ने १८ बर्षिय मनोज कुमार साहलाई पक्राउ गरेको छ । पक्राउ परेका निज साहलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कलैयामा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ:-
काठमाडौं, धनुषा जिल्लाको विदेह नगरपालिका ९ ईटहरुवास्थित सीमा ईलाकाबाट असार १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धनौजी गाँउपालिका १ लखौरी बस्ने २५ बर्षिय अमित कुमार बरहीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी धनौजीबाट खटिएको टोलीले निज बरहीलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ७२ वटा, स्पास्मो प्लस ट्याब्लेट ८ वटा, पेन्टाजोइन २० वटा, एक्जिप्लोन सिरप २ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज बरहीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धुनषामा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिअर्वाबाट खटिएको टोलीले असार १५ गते नाईट्राभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजासहित बारा जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वाबाट सोही उपमहानगरपालिका १२ शितलपुर बस्ने १८ बर्षिय मनोज कुमार साहलाई पक्राउ गरेको छ । पक्राउ परेका निज साहलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कलैयामा बुझाइएको छ ।