Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्धारकाठमाडौं, झापा जिल्लाको गौरीगंज गाउँपालिका ४ स्थित बेलगाछीमा अविरल वर्षाको कारण किस्ने खोलामा पानीको बहाव बढ्न गई डुवानमा परेका २२ घरपरिवारका ४० जना व्यक्तिहरुलाई असार १४ गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर खत्रीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेकोे हो । यसैगरी सुनसरी जिल्लाको बर्जु गाउँपालिका ५ स्थित पण्डित र गुरुङ्ग टोलमा वर्षाको कारण डुवानमा परेका १४ घरपरिवारलाई सशस्त्र प्रहरीले असार १५ गते सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी साहेवगंजबाट सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले पण्डित टोलका ६ घरपरिवारलाई रामजानकी प्राथमिक विद्यालय र गुरुङ्ग टोलका ८ घरपरिवारलाई मुसहरहरुको लागि बनाईएको आवास भवनमा स्थानान्तरण गरेको हो । त्यसैगरी कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १ बयल बन्दमा अविरल वर्षाको कारण महाकाली नदिमा पानीको बहाव बढ्न गई उक्त नदिको किनारामा पुननिर्माण भईरहेको तटबन्ध कटान गरेको हुँदा सो स्थानमा सशस्त्र प्रहरी बल नेपाल बिओपी बयलबन्धबाट सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह विष्टको कमाण्डमा खटिएको टोलीले उक्त तटबन्ध निर्माण गरेको छ ।
/uploads/news/Kd4ouqg0agkF1SR7pJyKQA==.jpg
सशस्त्र प्रहरीद्वारा अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्धार
काठमाडौं, झापा जिल्लाको गौरीगंज गाउँपालिका ४ स्थित बेलगाछीमा अविरल वर्षाको कारण किस्ने खोलामा पानीको बहाव बढ्न गई डुवानमा परेका २२ घरपरिवारका ४० जना व्यक्तिहरुलाई असार १४ गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर खत्रीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेकोे हो । यसैगरी सुनसरी जिल्लाको बर्जु गाउँपालिका ५ स्थित पण्डित र गुरुङ्ग टोलमा वर्षाको कारण डुवानमा परेका १४ घरपरिवारलाई सशस्त्र प्रहरीले असार १५ गते सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी साहेवगंजबाट सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले पण्डित टोलका ६ घरपरिवारलाई रामजानकी प्राथमिक विद्यालय र गुरुङ्ग टोलका ८ घरपरिवारलाई मुसहरहरुको लागि बनाईएको आवास भवनमा स्थानान्तरण गरेको हो । त्यसैगरी कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १ बयल बन्दमा अविरल वर्षाको कारण महाकाली नदिमा पानीको बहाव बढ्न गई उक्त नदिको किनारामा पुननिर्माण भईरहेको तटबन्ध कटान गरेको हुँदा सो स्थानमा सशस्त्र प्रहरी बल नेपाल बिओपी बयलबन्धबाट सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह विष्टको कमाण्डमा खटिएको टोलीले उक्त तटबन्ध निर्माण गरेको छ ।