Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीद्वारा फेलाकाठमाडौं, काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीले आजा फेला पारेको छ । सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका ८ स्थित पशुपतिनाथको मन्दिरबाट करीव तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा अपरान्ह करीव पौने पाँच बजे उक्त मूर्ती फेला पारेको हो । सो मूर्ती करीव ३५ के.जी. तौलको रहेको छ । गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र वडार जस्तो ठाउँबाट सो मूर्ती बरामद गरेको हो । पारिपट्टि डाडाँबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई जना व्यक्तिहरु उक्त मूर्ती छाडी भागेका थिए । सो मूर्ती उक्त वडार जस्तो ठाउँमा बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको हो । उक्त मूर्ती एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ । सो ठाउँ गोपाल बाबाको आश्रम भन्दा माथि रहेको चिहान डाडाँमा रहेको छ । उक्त मूर्ती फेला परेपछि एपीएफ टोलीले पशुपति क्षेत्र विकास कोषलाई समेत तत्कालै जानकारी गराएको छ ।
/uploads/news/5c767232cb765.jpg
शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीद्वारा फेला
काठमाडौं, काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीले आजा फेला पारेको छ । सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका ८ स्थित पशुपतिनाथको मन्दिरबाट करीव तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा अपरान्ह करीव पौने पाँच बजे उक्त मूर्ती फेला पारेको हो । सो मूर्ती करीव ३५ के.जी. तौलको रहेको छ । गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र वडार जस्तो ठाउँबाट सो मूर्ती बरामद गरेको हो । पारिपट्टि डाडाँबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई जना व्यक्तिहरु उक्त मूर्ती छाडी भागेका थिए । सो मूर्ती उक्त वडार जस्तो ठाउँमा बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको हो । उक्त मूर्ती एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ । सो ठाउँ गोपाल बाबाको आश्रम भन्दा माथि रहेको चिहान डाडाँमा रहेको छ । उक्त मूर्ती फेला परेपछि एपीएफ टोलीले पशुपति क्षेत्र विकास कोषलाई समेत तत्कालै जानकारी गराएको छ ।