Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा बिभिन्न सामान बरामदकाठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित कालीखोला ईलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ । यसैगरी रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी औरैयाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ । त्यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका ३ स्थित नक्टाझिज चोकबाट चैत्र १२ गते एक यात्रुबाहक बसमा चेक जाँच गर्दा वेवारीसे अवस्थामा रहेको करीव १ लाख ८० हजार रुपैयाँ बराबरको ३ सय के.जी.पाउडर दुध सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र ११ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित बिरगंज पथलैया सडकखण्डबाट चैत्र ११ गते प्रज्ञापन पत्र बिनानै ना ७ ख ३४१० नम्बरको ट्रक र ना ५ ख ९२८० नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको करीव २६ लाख २५ हजार रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । त्यसबेला उक्त दुबै ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा बिभिन्न सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित कालीखोला ईलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ । यसैगरी रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी औरैयाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ । त्यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका ३ स्थित नक्टाझिज चोकबाट चैत्र १२ गते एक यात्रुबाहक बसमा चेक जाँच गर्दा वेवारीसे अवस्थामा रहेको करीव १ लाख ८० हजार रुपैयाँ बराबरको ३ सय के.जी.पाउडर दुध सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र ११ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित बिरगंज पथलैया सडकखण्डबाट चैत्र ११ गते प्रज्ञापन पत्र बिनानै ना ७ ख ३४१० नम्बरको ट्रक र ना ५ ख ९२८० नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको करीव २६ लाख २५ हजार रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । त्यसबेला उक्त दुबै ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।