Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
करीव पच्चीस लाख रुपैयाँ बराबरको अवैध सामान बरामद |
बारा, बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ९ बिरगंज पथलैया सडकखण्डबाट फागुन २३ गते सशस्त्र प्रहरीले करीव २५ लाख ८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ८५९७ नम्बरको कन्टेनरमा जाँच गर्दा बिल बिजक भन्दा फरक उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान तथा मोटर पार्ट्ससहित उक्त कन्टेनरको चालक तथा सहचालकलाई समेत सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जीतपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला उक्त कन्टेनर समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा कन्टेनरसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । बरामद कन्टेनरको मुल्य २५ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले फागुन २३ गते करीव १ लाख १८ हजार रुपैयाँ बरारबको चोरीपैठारीको पेनड्राईभ र मेमोरी कार्ड बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ८ जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । |