Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ बेलबिछुवास्थित सोफी चोकबाट फागुन ६ गते एपीएफ टोलीले करीब २ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्लाष्टिकको कुर्सी र टेण्टको पाल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त कुर्सी तथा पाल बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरी कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित बसपार्क इलाकाबाट फागुन ५ गते करीव ३ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसको डिक्कीमा राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको स्पोर्टस जुत्ता तथा लेडिज कपडा फेला परेपछि बरामद गरिएको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले झापा जिल्लाको अर्जुनधारा नगरपालिका १० स्थित कालीझोजबाट चोरीपैठारीको मोटर पार्टस तथा किराना सामान बरामद गरेको छ । एपीएफ टोलीले मे १ च ३७७२ नम्बरको कारलाई शंका लागि जाँच गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि उक्त सामानसहित कार समेत बरामद गरिएको छ । त्यसवेला सामान ल्याउने व्यक्ति कार छाडी भागी फरार भएका थिए । बरामद सामान तथा कारको भन्सार दाखिला मुल्य ७ लाख १६ हजार ५ सय ३० रुपैयाँ रहेको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ बेलबिछुवास्थित सोफी चोकबाट फागुन ६ गते एपीएफ टोलीले करीब २ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्लाष्टिकको कुर्सी र टेण्टको पाल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त कुर्सी तथा पाल बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरी कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित बसपार्क इलाकाबाट फागुन ५ गते करीव ३ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसको डिक्कीमा राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको स्पोर्टस जुत्ता तथा लेडिज कपडा फेला परेपछि बरामद गरिएको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले झापा जिल्लाको अर्जुनधारा नगरपालिका १० स्थित कालीझोजबाट चोरीपैठारीको मोटर पार्टस तथा किराना सामान बरामद गरेको छ । एपीएफ टोलीले मे १ च ३७७२ नम्बरको कारलाई शंका लागि जाँच गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि उक्त सामानसहित कार समेत बरामद गरिएको छ । त्यसवेला सामान ल्याउने व्यक्ति कार छाडी भागी फरार भएका थिए । बरामद सामान तथा कारको भन्सार दाखिला मुल्य ७ लाख १६ हजार ५ सय ३० रुपैयाँ रहेको छ ।