Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद काठमाडौ, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १ स्थित जलेश्वरबाट पौष २७ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पौष २७ गते करीव २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले चार वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधी, मोवाईल पार्ट्स र हार्डवयरका सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १५ बसपार्क ईलाकाबाट बरामद गरेको हो । बरामद सामान तथा साईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव २ लाख १२ हजार रुपैयाँ बराबरको लत्ताकपडा गरेको छ । उक्त लत्ताकपडा पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका ३ झौवास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौ, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १ स्थित जलेश्वरबाट पौष २७ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पौष २७ गते करीव २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले चार वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधी, मोवाईल पार्ट्स र हार्डवयरका सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १५ बसपार्क ईलाकाबाट बरामद गरेको हो । बरामद सामान तथा साईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव २ लाख १२ हजार रुपैयाँ बराबरको लत्ताकपडा गरेको छ । उक्त लत्ताकपडा पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका ३ झौवास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।