Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लिखित परिक्षा अर्काको नाममा दिदैगरेका २ जना नक्कली परिक्षार्थी पक्राउकाठमाडौं, सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ बर्षिय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका ५ बस्ने २७ बर्षिय सौहार्द राई छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परिक्षा दिन खोज्ने सौहार्द राईले परिक्षा दिने प्रयास गरेका थिए । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परिक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परिक्षार्थी प्रमाणीत भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लिखित परिक्षा अर्काको नाममा दिदैगरेका २ जना नक्कली परिक्षार्थी पक्राउ
काठमाडौं, सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ बर्षिय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका ५ बस्ने २७ बर्षिय सौहार्द राई छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परिक्षा दिन खोज्ने सौहार्द राईले परिक्षा दिने प्रयास गरेका थिए । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परिक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परिक्षार्थी प्रमाणीत भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।