Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा महिला स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना काठमाडौं, नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहिबार ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा संचालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्की, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन मातहत महिला सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका एक सय जना महिला सदस्यहरुको समेत उपस्थिती रहेको थियो । महिला स्वास्थ्य सम्बन्धी विविध जानकारी प्रधान गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा प्रकाश पार्नुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीका निमित्त बाहिनीपती, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका समादेशक लगायत सो बाहिनी मातहतका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/CLQtKkTyfiYYOVRdwc3Stw==.jpg
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा महिला स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौं, नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहिबार ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा संचालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्की, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन मातहत महिला सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका एक सय जना महिला सदस्यहरुको समेत उपस्थिती रहेको थियो । महिला स्वास्थ्य सम्बन्धी विविध जानकारी प्रधान गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा प्रकाश पार्नुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीका निमित्त बाहिनीपती, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका समादेशक लगायत सो बाहिनी मातहतका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।