Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

त्रुटिरहित ढंगले कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशनकाठमाण्डौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटि रहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोतसाधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिनु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरिको नबनिर्मित भवनको आइतबार उद्घाटन गर्नु हुंदै महानिरीक्षक खनालले सो कुरा बताउनु भएको हो । सुरक्षा इकाईहरुले न्युन जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उहाँले आगामि दिनमा समेत राज्यले दिएको जिम्मेवारी लाइ त्रुटीरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिनु भयो । सशस्त्र प्रहरी बल, नेपाल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराईका जनताले थप सुरक्षाको अनुभुति गर्न पाएको स्मरण गर्नु हुंदै उहाँले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीहरुलाइ निर्देशन दिनु भयो । सशस्त्र प्रहरी बल,नेपाल प्रति आम जनताले गरेको भरोसालाई कायम राख्दै आगामी दिनमा रास्ट्र र संगठन प्रति इमानदार, नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उहाँले निर्देशन दिनु भयो । आइतबारनै महानिरीक्षक खनालले सोही जिल्लाको शम्भुनाथ नगरपालिका वार्ड नं. ११ मा स्थापना भएको नेपाल ए.पि.एफ. ठाकोदेबी जोगेन्द्र भगत स्कुलको समेत उद्घाटन गर्नु भयो । ए.पी.एफ. स्कुललाई क्षेत्रीयरुपमा बिस्तार गर्दै लैजाने क्रमम यश अघि प्रदेश नं. ५ स्थित कोहलपुर बांकेमा नेपाल एपीएफ स्कुल संचालनमा आइसकेको छ। कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि सहित सुरक्षा निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो । यसैगरी आइतबारनै महानिरीक्षक खनालले स.प्र. बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय, सप्तरीको निरीक्षण समेत गर्नु भयो । २०७५ साल माघ २० गते स्थापित सो शिक्षालयमा बिशिष्ट प्रकारका तालिमहरु संचालन हुँदै आएका छन् । यसै बिच महानिरीक्षक खनालले मंसिर २० गते सोमबार प्रदेश २ अन्तर्गत स.प्र.बल, नेपाल नम्बर ११ गण रौतहट र स.प्र.बल, नेपाल नम्बर १२ गण बाराको नबनिर्मित भवनको समेत उद्घाटन गर्नु हुँदै कार्यक्षेत्रमा त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीलाई निर्देशन दिनु भयो । सो अबसरमा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी एबं विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
/uploads/news/i+n0M19WDcHXD1IkXNEPNw==.jpg
त्रुटिरहित ढंगले कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन
काठमाण्डौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटि रहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोतसाधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिनु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरिको नबनिर्मित भवनको आइतबार उद्घाटन गर्नु हुंदै महानिरीक्षक खनालले सो कुरा बताउनु भएको हो । सुरक्षा इकाईहरुले न्युन जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उहाँले आगामि दिनमा समेत राज्यले दिएको जिम्मेवारी लाइ त्रुटीरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिनु भयो । सशस्त्र प्रहरी बल, नेपाल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराईका जनताले थप सुरक्षाको अनुभुति गर्न पाएको स्मरण गर्नु हुंदै उहाँले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीहरुलाइ निर्देशन दिनु भयो । सशस्त्र प्रहरी बल,नेपाल प्रति आम जनताले गरेको भरोसालाई कायम राख्दै आगामी दिनमा रास्ट्र र संगठन प्रति इमानदार, नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उहाँले निर्देशन दिनु भयो । आइतबारनै महानिरीक्षक खनालले सोही जिल्लाको शम्भुनाथ नगरपालिका वार्ड नं. ११ मा स्थापना भएको नेपाल ए.पि.एफ. ठाकोदेबी जोगेन्द्र भगत स्कुलको समेत उद्घाटन गर्नु भयो । ए.पी.एफ. स्कुललाई क्षेत्रीयरुपमा बिस्तार गर्दै लैजाने क्रमम यश अघि प्रदेश नं. ५ स्थित कोहलपुर बांकेमा नेपाल एपीएफ स्कुल संचालनमा आइसकेको छ। कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि सहित सुरक्षा निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो । यसैगरी आइतबारनै महानिरीक्षक खनालले स.प्र. बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय, सप्तरीको निरीक्षण समेत गर्नु भयो । २०७५ साल माघ २० गते स्थापित सो शिक्षालयमा बिशिष्ट प्रकारका तालिमहरु संचालन हुँदै आएका छन् । यसै बिच महानिरीक्षक खनालले मंसिर २० गते सोमबार प्रदेश २ अन्तर्गत स.प्र.बल, नेपाल नम्बर ११ गण रौतहट र स.प्र.बल, नेपाल नम्बर १२ गण बाराको नबनिर्मित भवनको समेत उद्घाटन गर्नु हुँदै कार्यक्षेत्रमा त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीलाई निर्देशन दिनु भयो । सो अबसरमा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी एबं विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।