सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद |
काठमाडौं, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ९ छाता पिपराचोकस्थित बीरगंज–पथलैया सडक खण्डबाट मंसीर ३ गते सशस्त्र प्रहरीले करीव २ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर ३ गते करीव २ लाख ५९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ठेला गाडामा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० आदर्शनगरबाट बरामद गरेको हो । बरामद लत्ताकपडा तथा गाडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको । उक्त गाडाको भन्सार मुल्य १० हजार रुपैयाँ रहेको छ । |