Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामदकाठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट मंसीर २ गते सशस्त्र प्रहरीले करीव ४ लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लजेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराबाट सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले मंसीर २ गते करीव १ लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताककपडा बरामद गरेको छ । बीआर ०५ एफ ८१८९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले बारा जिल्लाको महागढीमाई नगरपालिका २ स्थित भुतही चोकबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय बीरजंजमा बुझाएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट मंसीर २ गते सशस्त्र प्रहरीले करीव ४ लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लजेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराबाट सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले मंसीर २ गते करीव १ लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताककपडा बरामद गरेको छ । बीआर ०५ एफ ८१८९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले बारा जिल्लाको महागढीमाई नगरपालिका २ स्थित भुतही चोकबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय बीरजंजमा बुझाएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ ।