Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सर सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजनाकाठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा पाठेघरको क्यान्सर र त्यसबाट बच्ने उपाय सम्बन्धमा सोमबार नेपाल एपीएफ अस्पतालमा प्रशिक्षणको आयोजना गरेको छ । गत असोज १४ गते एक कार्यक्रमका बीच सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिला स्वाथ्य जाँच सम्बन्धि विविध कल्याणकारी योजनाको समुद्घाटन गर्नुभएको थियो । सो योजना अन्र्तगत कार्तिक २९ गते आयोजना गरेको तालिममा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले प्रशिक्षणमा सहभागी नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी स्वास्थ्यकर्मीहरुलाई पाठेघरको क्यान्सर, क्यान्सर हुनुपूर्व गरिने विभिन्न जाँच बारे प्रशिक्षण गर्नुभयो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षणमा डा. कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच, पाठेघर सम्बन्धि समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पार्नुभयो ।
/uploads/news/q0oNXqZ3J2378i7VkuvDpQ==.jpg
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सर सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा पाठेघरको क्यान्सर र त्यसबाट बच्ने उपाय सम्बन्धमा सोमबार नेपाल एपीएफ अस्पतालमा प्रशिक्षणको आयोजना गरेको छ । गत असोज १४ गते एक कार्यक्रमका बीच सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिला स्वाथ्य जाँच सम्बन्धि विविध कल्याणकारी योजनाको समुद्घाटन गर्नुभएको थियो । सो योजना अन्र्तगत कार्तिक २९ गते आयोजना गरेको तालिममा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले प्रशिक्षणमा सहभागी नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी स्वास्थ्यकर्मीहरुलाई पाठेघरको क्यान्सर, क्यान्सर हुनुपूर्व गरिने विभिन्न जाँच बारे प्रशिक्षण गर्नुभयो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षणमा डा. कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच, पाठेघर सम्बन्धि समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पार्नुभयो ।