Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी नायव महानिरीक्षक राईबाट सीमा सुरक्षा तथा व्यवस्थापन तालिम उद्घाटन काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सोमबार देखि संचालन भएको भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले कार्तिक २९ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले संगठनलाई प्राप्त जिम्मेवारीमध्ये सीमा सुरक्षा एक महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्नुहुँदै राज्यद्धारा संगठनलाई प्राप्त विविध जिम्मेवारीहरु व्यवसायिक र कुशल ढंगले सम्पादनका लागि दक्ष जनशक्ति निर्माणका लागि संगठनले यस्ता विभिन्न व्यवसायिक तालिमहरु नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो । उहाँले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षणको दौरान प्रशिक्षार्थीहरुले आर्जन गरेका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै प्रशिक्षार्थी अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई समेत सिकाउँदै विभिन्न स्थानहरुमा खटिई राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्धार लगायतका कार्यसम्पादनको क्रममा चुस्त दुरुस्त रुपमा कृयाशिल रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ६ हप्ता अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २५ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३० जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरी नायव महानिरीक्षक राईबाट सीमा सुरक्षा तथा व्यवस्थापन तालिम उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सोमबार देखि संचालन भएको भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले कार्तिक २९ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले संगठनलाई प्राप्त जिम्मेवारीमध्ये सीमा सुरक्षा एक महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्नुहुँदै राज्यद्धारा संगठनलाई प्राप्त विविध जिम्मेवारीहरु व्यवसायिक र कुशल ढंगले सम्पादनका लागि दक्ष जनशक्ति निर्माणका लागि संगठनले यस्ता विभिन्न व्यवसायिक तालिमहरु नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो । उहाँले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षणको दौरान प्रशिक्षार्थीहरुले आर्जन गरेका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै प्रशिक्षार्थी अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई समेत सिकाउँदै विभिन्न स्थानहरुमा खटिई राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्धार लगायतका कार्यसम्पादनको क्रममा चुस्त दुरुस्त रुपमा कृयाशिल रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ६ हप्ता अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २५ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३० जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।