सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्धारा शव फेला |
कपिलबस्तु, कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका १० स्थित घोराही खोलाले बगाएर बेपत्ता भएकी एक जनाको शव सशस्त्र प्रहरीले कार्तिक ५ गते फेला पारेको छ । सोही नगरपालिका बस्ने ३० बर्षिया सीता थारु उक्त खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणबाट खोज तथा उद्धार कार्यका लागि खटिएको सशस्त्र प्रहरीले उनको शव बाणगंगा नदीको किनारमा फेला पारेको हो । |