Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

Welfare Program


१८ औं सशस्त्र प्रहरी दिवश २०७५ को पावन अवसरमा संगठन प्रमुख श्रीमान् सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूबाट घोषणा भए अनुसार निम्नानुसारका बिभिन्न कल्याणकारी कार्यक्रमहरु चालु आर्थिक बर्षबाटै लागु गरिएको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध ।

                                                                                                         निम्न:

  • बहालवाला, भू.पू.सशस्त्र प्रहरी कर्मचारीहरु तथा निजका सन्ततिहरुलाई हाल उपलब्ध गराउँदै आएको ब्याण्ड सम्बन्धी सुबिधामा सि.अ.तथा अन्य दर्जामा एकरुपता प्रदान गर्न अबोप्रान्त बहालवाला स.प्र.क.हरु र निजका सहोदर छोरा र छोरी, भू.पु. र वीरगति प्राप्तका सहोदर छोरा र छोरीहरुको शुभ–बिबाह कार्यक्रममा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने ब्यवस्था मिलाईएको ।
  • सहुलियत व्याजदरमा नगद ऋण योजना अन्तर्गत हाल मासिक रुपमा उपलब्ध गराइएको नगद ऋणको २२५ जनाबाट २५ जना थप गरि २५० कोटा निर्धारण गर्ने ब्यवस्था मिलाईएको ।
  • सरदर आयुको आधारमा परिमार्जन हुने गरी हाललाई ७० बर्ष नाघेका भुतपूर्व स.प्र.क.हरुलाई बृद्ध अवस्थामा केहि आर्थिक राहत होस भन्नको लागि सम्मान स्वरुप जनही बार्षिक १२,०००।– (अक्षरुपी बाह्र हजार मात्र) एकमुष्ठ निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रमको ब्यवस्था मिलाईएको ।
  • वीरगति प्राप्त स.प्र.क.का सन्ततिलाई बिपन्नता तथा उत्कृष्ठताको आधारमा प्रत्येक बर्ष १०+२ मा २ जना र “क” बर्गको दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारण नागरीकका २ जना सन्ततीलाई एपिएफ स्कुलमा निःशुल्क अध्ययन गराउने ब्यवस्था मिलाईएको ।
  • सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु मध्ये गोताखोर प्रशिक्षण लिई विपद् व्यवस्थापन कार्यमा आफुलाई सुम्पिएको जिम्मेवारी आफ्नो ज्यानको समेत प्रवाह नगरि बहादुरीपुर्वक साहसिक ढंगले कार्यक्षेत्रमा विशिष्ट योगदान पुर्याउने सशस्त्र प्रहरी कर्मचारीहरुको हौसलामा अभिवृद्धि गर्ने अभिप्रायले गोताखोरमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीका सन्ततिहरुलाई नेपाल एपिएफ स्कुलमा माध्यमिक तहसम्म अध्ययन गराउन सशस्त्र प्रहरी कर्मचारीहरुको तलबको २५ प्रतिशत शुल्क लिइदै आएकोमा अवोप्रान्त गोताखोरमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुका सन्ततिहरुलाई निःशुल्क अध्ययन गराउने ब्यवस्था मिलाईएको ।
  • मातहत कार्यलयमा विभिन्न कल्याणकारी खातामा रहेको रकम र UNPOL तथा FPU मिशनको MSA बाट थप १ प्रतिशत कट्टी रकम, समाजसेवी, ईच्छुक सशस्त्र प्रहरी कर्मचारी तथा बिभिन्न संघ संस्थाबाट जम्मा हुन आएको रकमबाट केहि राहत होस भन्नाका लागि अक्षयकोष खडा गरी उक्त रकमको ब्याज रकमबाट बहालवाला कर्मचारीहरु¸भु.पु.कर्मचारीहरु तथा बहालवाला कर्मचारीहरुका सन्ततिहरुलाई नेपाल ए.पि.एफ.अस्पतालमा उपचार हुन नसक्ने दिर्घ रोग (Life Threatening/Chronics Disease) लागेका कर्मचारीहरु तथा निजहरुका सन्ततिहरुलाई नेपाल ए.पि.एफ.अस्पतालको सिफारिसमा कम्तिमा रु.५० हजार देखी बढीमा १ लाख सम्म निःशुल्क उपचार खर्च उपलव्ध गराउने ब्यवस्था मिलाईएको।
  • संयुक्त राष्ट्र संघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालबाट यु.एन.मिशनमा सहभागि भएका सशस्त्र प्रहरी कर्मचारीहरुले मिशनमा सहभागि भए बापत पाउने Personal Allowances बाट कट्टी गरि प्रति ब्यक्ति सशस्त्र प्रहरी परिवार महिला संघलाई अमेरिकी डलर ३५¸पूर्व सशस्त्र प्रहरी संघलाई अमेरिकी डलर ३५ र खेलकुद शाखालाई अमेरिकी डलर ८० गरि जम्मा अमेरिकी डलर १५० उपलब्ध गराउदै आएकोमा अबोप्रान्त मिशनमा सहभागी सशस्त्र प्रहरी कर्मचारीहरुबाट कट्टि नगरिने ब्यवस्था मिलाईएको।
  • भुकम्प पिडित राहत रकम पाउन बिभिन्न कारणले छुट भई बिगत लामो समय देखि थाँति रहेका भुकम्प पिडित राहत सम्बन्धि फाईलहरु अध्ययन गरि भुकम्प पिडित सशस्त्र प्रहरी कर्मचारीहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले पूर्ववत निर्णयमा समानुपातिक बितरणको आधारमा केहि परिमार्जन गरि सिमित श्रोत र साधनको बाबजुद सशस्त्र प्रहरी कर्मचारीहरुबाट रकम संकलन नगरि कल्याणकारी कोषको नगद मौज्दातबाटै राहत रकम उपलब्ध गराउने गरि रु.१ करोड ६६ लाख ७० हजार कल्याणकारी सेवा केन्द्रको कोषबाटै भुकम्प राहत रकम बितरण गर्ने ब्यवस्था मिलाईएको।