चोरीनिकासी गर्न लागेको ६७ वटा गोरुसहित एपीएफ टोलीद्वारा पाँच जना पक्राउ

10th September, 2017
सुनसरी, अवैध रुपले भारततर्फ चोरीनिकासी गर्न लागको ६७ वटा गोरु भाद्र २५ गते एपीएफ टोलीले सुनसरी जिल्लाको भाक्रोहा गाँउपालिका ६ स्थित डाक्टरटोलबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त गोरु बराद गरेको हो । त्यसवेला गोरु चोरीनिकासी गर्ने कार्यमा प्रयोग भएका दुई वटा ट्रक तथा उक्त ट्रकका चालकसहित पाँच जनालाई एपीएफ टोलीले पक्राउ गरेको छ । सो ठाउँमा बिहान करीव चार बजे ट्रकबाट गोरु अनलोड गरी भारततर्फ लैजान लागेको बेला गस्तीमा रहेको एपीएफ टोलीले फेला पारेको हो । एपीएफ टोलीले बरादम गोरु तथा ट्रक पक्राउ परेका व्यक्तिहरुसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ उक्त गोरुको भन्सार दाखिला मूल्य चार लाख ५५ हजार रुपैयाँ रहेको बताइएको छ ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification