सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बाढी पीडितलाई राहत वितरण तथा निःशुल्क स्वास्थ्य सेवा संचालन

08th September, 2017
सप्तरी, सशस्त्र प्रहरी परिवार महिला संघले सप्तरी जिल्लाको हनुमाननगर नगरपालिका वडा नम्बर २ र ३ का बाढी पीडित नागरिकलाई राहत सामाग्रीहरु वितरण गर्नुका साथै निःशुल्क रुपमा स्वास्थ्य सेवा संचालन गरेको छ । त्यस ठाँउका करीव दुई सय घर परिवारको लागि सो संघले खाद्यान्न, लत्ताकपडा लगायतका विभिन्न राहत सामाग्री उपलब्ध गराएको हो । उक्त राहत सामाग्री सो संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठ लगायत संघका पदाधिकारीहरुले सोही ठाँउमा आयोजित एक कार्यक्रमका बीच बाढी तथा डुवानबाट प्रभावित पीडित परिवारहरुलाई वितरण गर्नुभयो । संघले सो स्थानका बाढी पीडितहरुका लागि दुई हजार केजी चामल, दुई सय केजी दाल, दुई सुय लिटर खाने तेल, दुई सय केजी नुन, दुई सय केजी चिनी, एक सय केजी सोयाविन, एक हजार दुई सय प्याकेट बिस्कुट र दुई सय थान कम्बल वितरण गरको छ । पूर्व क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला संघको समन्वय तथा सहयोगमा सम्पन्न उक्त राहत वितरण कार्यक्रमसँगै स्वास्थ्य शिविर समेत संचालन गरिएको थियो । नेपाल एपीएफ अस्पताल बलम्वु काठमाडौंबाट चिकित्सकसहित खटिएका स्वास्थ्यकर्मीहरुले सो ठाँउका करीव तीन सय जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरेका छन् ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification