सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न

01st September, 2017
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिक साधारणसभा भाद्र १६ गते सम्पन्न भएको छ । सो संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो । त्यसअवसरमा संघकी अध्यक्ष श्रीमती श्रेष्ठ तथा उपाध्यक्षहरु श्रीमती आशा शाही, श्रीमती मुना ओझा, श्रीमती सरिता खनाल, श्रीमती सीता थापा र श्रीमती दीपा पौडेल लगायत संघका कार्यकारिणी पदाधिकारी एवं अन्य साधारण सदस्यहरुका बीच संघले समाजसेवाको क्षेत्रमा विगतमा गरेका कार्यहरुको समिक्षा र आगामी कार्यक्रमबारे अन्तरक्रिया भएको थियो । साधारणसभालाई सम्बोधन गर्नुहुदै संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठले समाजसेवाको क्षेत्रमा नवीन कार्यक्रमहरु संचालन गर्दै संघले निःस्वार्थ सेवाभावले कार्य गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले विसुद्ध सामाज सेवाको उद्देश्यका साथ स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले आगामी दिनहरुमा समेत सिर्जनात्मक ढंगबाट सामाजिक सेवामा सक्रिय रहिरहने बताउनुभयो । कार्यक्रममा संघकी सदस्यसचिव श्रीमती सरस्वती पाण्डेले संघको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा संघकी कोषाध्यक्ष श्रीमती सुनिता श्रेष्ठले आर्थिक वर्ष ०७३÷७४ को वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । संघको लक्षित उद्देश्य र समाजसेवाको क्षेत्रमा संघबाट भइरहेका विविध गतिविधि तथा आगामी कार्यक्रमहरुबारे साधारणसभामा विस्तृत छलफल भएको थियो । शिक्षा, स्वास्थ्य, सरसफाईका क्षेत्रहरुमा सेवामूलक एवं सचेतनामूलक कार्यक्रहरु संचालन गर्नेदेखि विपदप्रकोप पीडितलाई सहयोग, वाहालवाला तथा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीलाई छात्रवृत्ति, असाहय वालवालिका एवं बृद्धबृद्धालाई विभिन्न सहयोग, विपन्न समुदायका छात्राहरुलाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था लगायत संघले सामाजिक सेवाका विविध कार्यहरु गर्दै आएको कुरा समेत त्यसअवसरमा चर्चा गरिएको थियो । सो संघले आगामी दिनहरुमा समेत समाजसेवाको क्षेत्रमा संघको क्षमताले भ्याएसम्म अझै प्रभावकारी एवं रचनात्मक ढंगले अग्रसर रहने प्रण गरेको छ । त्यसअवसरमा सशस्त्र प्रहरी परिवार महिला संघका कार्यकारिणी पदाधिकारी एवं संघका साधारण सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification