खोजी तथा उद्धार कार्यमा उपयोगी सर्भिलेन्स रोवोट सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण

30th August, 2017
काठमाडौं, जिबिएस (गणेश बिक्रम सिंह) ग्रुप काठमाडौंले सशस्त्र प्रहरी बल नेपाललाई एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रम बीच सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सो ग्रुपका इन्जिनियर गणेश बिक्रम सिंह आले र इन्जिनियर यज्ञप्रसाद देवकोटाले उक्त रोवोट हस्तान्तरण गर्नुभयो । विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका सराहनीय रहेको भन्दै सो ग्रुपले विपदमा विभिन्न बस्तुस्थितिका बारेमा जानकारी दिन सक्ने उक्त रोवोट एपीएफलाई प्रदान गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा विपद लगायतका घटनामा खोजी तथा उद्धार कार्यमा यस्ता उपकरण उपयोगी रहने उल्लेख गर्नुहुँदै यस रोवोटको प्रयोगबाट सशस्त्र प्रहरी बल नेपालको व्यावसायीक कामकारवाहीमा सहयोग पुग्ने बताउनुभयो । उहाँले उद्धार तथा मानवीय सेवा र सुरक्षा कार्यमा समेत यस किसिमको प्रविधि सहायकसिद्ध रहने विश्वास व्यक्त गर्नुहुँदै संगठनले उक्त रोवोटलाई सिर्जनात्मक ढंगबाट निरन्तर रुपमा प्रयोगमा ल्याइ नागरिकको सेवामा योगदान पु¥याइ रहने उल्लेख गर्नुभयो । चितवनको कुरिनटारमा विपद व्यवस्थापन तालिम केन्द नै स्थापना गरेर संगठनले विपद व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले बलले आफ्ना विभिन्न इकाईहरुमा विपद व्यवस्थापन टोली तैनाथ गरेको बताउनुभयो ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification