गृह राज्यमन्त्री श्रेष्ठबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण

27th August, 2017
काठमाडौं, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नुभई संगठनबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो । गृह राज्यमन्त्री श्रेष्ठ समक्ष त्यसअवसरमा सुरक्षा चुनौती, सशस्त्र प्रहरी बल नेपालको परिचालन तथा भौतिक साधन र जनशक्ति लगायत नागरिकको सेवा, सुरक्षा तथा सहयोग र उद्धार कार्यमा संगठनबाट भएगरेका कामकारवाही लगायतका विविध विषयमा जानकारी गराइएको थियो । गृह राज्यमन्त्री श्रेष्ठले निरीक्षणपछि एपीएफ अधिकृत, विल्लादार तथा जवानहरलाई निर्देशन सम्बोधन गर्नुभयो । त्यसअवसरमा उहाँले सशस्त्र प्रहरी बल नेपाल महत्वपूर्ण संगठन भएको बताउनुहुँदै यस संगठनले अभावका बाबजुत कार्यक्षेत्रमा समर्पित रहँदै राष्ट्र र जनताले अपेक्षा गरेको भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी बलले इतिहासको विभिन्न कालखण्डमा ऐतिहासिक भूमिका निर्वाह गरेको चर्चा गर्नुहुँदै गृह राज्यमन्त्री श्रेष्ठले यस संगठन जनता र राष्ट्रको पक्षमा आफ्नो कर्तव्यमा प्रतिवद्ध रहेको बताउनुभयो । स्थापनाकालदेखि अहिलेसम्म आउँदा संगठनमा कहि कतै कमजोरी नभएको उल्लेख गर्नुहुँदै उहाँले संगठनले असिमित भूमिका निर्वाह गरेर आफुलाई अब्बल सावित गरेको तथा सीमा सुरक्षा लगायतका विभिन्न जिम्मेवारीहरुमा राम्रो काम गरिरहेको चर्चा गर्नुभयो । गृह राज्यमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको कामकारवाहीमा देखिएका समस्या समाधान र आवश्यक पर्ने साधनश्रोतको व्यवस्थापनका लागि सरकार अग्रसर रहेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारले अवलम्वन गरेका नीतिहरुलाई अक्षरस पालना गर्दै संगठनले आर्थिक अनुशासन, लैंगिक हिंसा, मानवअधिकार लगायतको क्षेत्रमा शून्य सहनशिलताको नीति अख्तियार गर्दै अगाडी बढी रहेको उल्लेख गर्नुभयो । जनचाहना अनुरुपको कार्यशैली अपनाई सेवा र सुरक्षा प्रदान गर्नु आजको आवश्यकता हो भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले संगठनले सरोकारवाला बीच आपसी समन्वय र सहकार्य गर्दै प्रभावकारी ढंगले कार्य गरिरहेको बताउनुभयो । उहाँले हालैको बाढी तथा डुवानबाट पीडित नागरीकको उद्वार तथा राहत वितरणको कार्यमा सशस्त्र प्रहरी बलको सात हजार भन्दा बढी जनशक्ति परिचालित भएको चर्चा गर्नुहुँदै उद्वार तथा राहतसँगै पीडितहरुको उपचार सेवामा समेत सशस्त्र प्रहरी बलले योगदान पु¥याएको उल्लेख गर्नुभयोे । सशस्त्र प्रहरी बलले प्राप्त जिम्मेवारीलाई पेशागत दक्षताका साथ पुरा गरिरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले आगामी निर्वाचनमा समेत शान्ति सुरक्षा कायम गर्न संगठनलाई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट पुरा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, पुष्पराम के.सी. नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित एपीएफ इकाईका प्रमुखहरु लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification