एपीएफ टोलीद्वारा पाँच लाख रुपैयाँ बढीको कुखुराको चल्ला बरामद

22nd August, 2017
बाँके, अवैध रुपले नेपाल भित्र्याउन लागेको सात हजार छ सयवटा कुखुराको चल्ला बाँके जिल्लाको खजुरा गाँउपालिका ४ स्थित खजुरा चोकबाट एपीएफ टोलीले बरामद गरेको छ । करीव पाँच लाख ३२ हजार रुपैयाँ बराबरको उक्त चल्ला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको एपीएफ टोलीले भाद्र ५ गते बरामद गरेको हो । भे. १ च २२४१ नम्बरको जीपमा अवैध ढंगले ल्याउँदै गरेको उल्लेखित चल्ला सो गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक डिल बहादुर खत्रीको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । चोरीपैठारीको उल्लेखित चल्ला भारतबाट नेपाल ल्याउने कार्यमा प्रयोग भएको सो गाडी समेत एपीएफ टोलीले बरामद गरेको छ । एपीएफ टोलीले बरामद कुखुराको चल्ला गाडीसहितै आवश्यक कारवाहीको लागि तत्कालै पशु क्वारेन्टाइन चेक पोष्ट जमुनाहमा बुझाएको छ । उक्त चल्ला हिजै स्थानीय पशु स्वास्थ्य प्राविधिक र स्थानीयको रोहबरमा नष्ट गरिएको छ ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification