एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

22nd August, 2017
काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगबाट एपीएफ टोली र नेपाल प्रहरीले साउन ५ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सप्तरी जिल्लाको बोधेबर्साईन नगरपलिका ५ बस्ने २१ वर्षिय चित्रणजन पण्डितलाई सशस्त्र प्रहरी बल नेपाल निलबाराही गण बलम्वुबाट खटिएको एपीएफ टोली र प्रहरीले डाईजोल्याप ५ वटा, फेनारगन ५० वटा र नोफिन ५० वटा सहित पक्राउ गरेको हो । राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ५ ख ३७८७ नम्बरको यात्रुवाहक बसमा सवार निज पण्डितको साथमा उल्लेखित लागूऔषध फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । सोहि ठाउँबाट आजै पाँचथर जिल्लाको आङ्ना गाउँपालिका ५ बस्ने २४ वर्षिय बिशाल दाहाललाई २ सय २० वटा नाईट्रोजन ट्याब्लेटसहित एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको छ । सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ६ ख ४०४५ नम्बरको यात्रुवाहक वसमा जाँच गर्ने क्रममा निज दाहालको साथबाट उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ बाट एपीएफ टोलीले साउन ४ गते विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको विरगंज महानगरपालिका २४ बस्ने २४ वर्षिया सन्ध्या पासवान तथा सोही महानगरपालिका ९ रामगढवा बस्ने २० वर्षिय शेषनाथ साह छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म विरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा डाईजोल्याप ३ सय ९७ वटा, नोफिन ४ सय १२ वटा र फेनारगन ३ सय ९१ वटा फेला परेपछि दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा साइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ बाट साउन ४ गते विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको लाहान नगरपालिका ३ लघुनाथपुर बस्ने २० वर्षिय बिनोद रायको साथबाट डाईजिल्याप २५ वटा, लुपिजेसिक २५ वटा र फेनारगन २५ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । निज रायलाई बरामद लागूऔषधसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification