सशस्त्र प्रहरी बलको चिकित्सकद्वारा स्वास्थ्य शिविर संचालन

18th August, 2017
काठमाडौं, बाढीबाट पीडित नागरिकको स्वास्थ्य उपचारका लागि सशस्त्र प्रहरी बल नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुद्वारा शुक्रबार महोत्तरी, सप्तरी र बाँकेमा स्वास्थ्य शिविर संचालन गरिएको छ । महोत्तरी जिल्लास्थित गौशाला नगरपालिकाको भवनमा सशस्त्र प्रहरी बल नेपालद्वारा संचालन गरिएको स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालका डा. रोशन झासहित सात जना स्वास्थ्यकर्मीहरु खटिएका छन् । यसैगरी सप्तरी जिल्लाको तिलाठी कैलाली गाँउपालिका ५ मा संचालन गरिएको स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालका डा. मीना कुवँरसहित १० जना स्वास्थ्यकर्मीहरु खटिएका छन् भने बाँके जिल्लाको डुडुवा गाँउपालिका २ वेतहनी स्वास्थ्य चौकीको भवनमा संचालन गरिएको स्वास्थ्य शिविरमा सोही अस्पतालका डा. निसिता पाठकसहित १० जना स्वास्थ्यकर्मीहरु खटिएका छन् । सशस्त्र प्रहरी बल नेपालका स्वास्थ्यकर्मीहरुले ती स्वास्थ्य शिविरहरुमा पीडित स्थानीय वासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेका छन् । यसअघि बिहिबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका ८ मा नेपाल एपीएफ अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर संचालन गरेका थिए । बिहिबार भएको उक्त स्वास्थ्य शिविरमा स्थानीय वासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै ३ सय १९ जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो । यसैगरी बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका ६ फत्तेपुर कर्मैया डाँडामा मंगलबार सशस्त्र प्रहरी बल नेपालसहित विभिन्न निकायका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर संचालन गरी ७ सय ८० जनाको उपचार गर्नुका साथै निःशुल्क औषधी वितरण गरेका छन् ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification