लागूऔषधसहित पक्राउ –

10th August, 2017
काठमाडौं, काठमाडौ जिल्लाको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगाबाट एपीएफ टोली र नेपाल प्रहरीले साउन २६ गते विभिन्न किसिमको लागऔषधसहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बस्ने १७ वर्षिय प्रतिप गुप्तालाई सशस्त्र प्रहरी बल नेपाल निलवराही गण वलम्बुबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु. १ ख ८७६७ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा निज गुप्तामा साथमा नाईजोगन ट्याब्लेट १ सय २५ वटा, नाईट्रोजिसन ट्याब्लेट १ सय २५ वटा, नोफिन १ सय २५ वटा र फेनारगन १ सय २५ वटा फेलापरेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले उनलाई बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोटमा बुझाएको छ ।