चार थान भरुवा बन्दुकसहित एक जना पक्राउ

21st July, 2017
मोरङ, मोरङ जिल्लाको केराबारी गाँउपालिका ८ स्थित कनक टोलबाट असार ५ गते राति एपीएफ टोली तथा नेपाल प्रहरीले लोड अवस्थाको चार थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ५० वर्षिय छत्रबहादुर घोरासानेलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस लक्ष्मीमार्गबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उक्त भरुवा बन्दुकसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा एपीएफ टोलीले निज घोरासानेको गोठबाट उक्त भरुवा बन्दुक बरामद गरेको हो । उनलाई बरामद हतियारसहितै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय केराबारीमा बुझाइएको छ ।