बस दुर्घटनामा परी घाइते भएका अठार जना यात्रुहरुको एपीएफ टोलीद्वारा उद्धार –

17th July, 2017
मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० स्थित कर्राचोकमा साउन १ गते राति भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएका १८ जना यात्रुहरुलाई एपीएफ टोली र नेपाल प्रहरीले उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाएको छ । बीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ५ ख २८१२ नम्बरको यात्रुवाहक बस र विपरित दिशातर्फ जाँँदै गरेको ना. ५ ख ५७६२ नम्बरको यात्रुवाहक बस एकआपसमा ठोक्किएर सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी दुई बसमा सवार यात्रुहरु मध्ये १८ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सो ठाँउमा राति करीव सवा ११ बजे उक्त दुर्घटना भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस हेटौडाबाट उद्धार कार्यका लागि एपीएफ टोली खटिएको थियो । दुर्घटनास्थलमा तत्कालै पुगेको एपीएफ टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मकवानपुर पठाएको छ ।

RECENT NOTICE ...more

2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-24 - 2017-08-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/01/2074/075 (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-07-13
Chief Medical Support Section, P-5
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
2017-07-10
सशस्त्र प्रहरी निरीक्षक पदको गुणमापक परीक्षाको नतिजा प्रकाशन।
2017-07-09
कार्य सम्पादन मूल्याङ्कन फारम सम्बन्धी सूचना
2017-07-04
सशस्त्र प्रहरी जवानहरुको सरुवा
2017-07-03
Notice for Enlistment
2017-07-03
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको पदस्थापन सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा