सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट दज्र्यानी चिन्ह प्रदान

07th July, 2017
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका राजेन्द्रकुमार अधिकारी, कुलबहादुर नेम्वाङ र विजयकुमार पण्डितलाई असार २३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच दज्र्यानि चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार मन्त्रिस्तरको असार २२ गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा दर्जा बढेसँगै पदीय जिम्मेवारी समेत थप हुनेहुँदा यसको गहनतालाई मनन गरी सोही अनुरुपको कार्यक्षमता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासलाई विशेष ध्यान दिदै संगठन अघि बढिरहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपाल आफ्ना हरेक कामकारवाहीलाई समयसापेक्ष एवं प्रभावकारी बनाउन अग्रसर रहेको उल्लेख गर्नुभयो । उहाँले बाढी पहिरो लगायतका विपदको वेला होस वा अन्य जुनसुकै अवस्थामा पनि प्राप्त हुने हरेक जिम्मेवारीका लागि सधैं तम्तयार रहनुपर्ने बताउनुहुँदै आफूलाई सुम्पेको कार्यलाई उच्चस्तरबाट पुरागर्नु संगठनका प्रत्येक अधिकृत तथा जवानहरुको दायित्व भएको कुरा समेत उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठलगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification