सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालबाट मिसन टोलीको स्वागत

02nd July, 2017
काठमाडौं, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सशस्त्र प्रहरी बल नेपालको एक टोली स्वदेश फर्किएको छ । सो टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले असार १८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोह वीच हार्दिक स्वागत गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले सो अवसरमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युएन मिसनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनाका लागि उच्चस्तरको व्यावसायीक क्षमता प्रदर्शन गरेको उल्लेख गर्नुहुँदै विभिन्न देशका सुरक्षाकर्मीसँग रहेर कार्य गर्दा आर्जन गरेको अनुभव र ज्ञानलाई स्वदेश फर्किएपछि देश र संगठनको हितमा उपयोग गर्नुपर्ने बताउनुभयो । संगठनले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासमा विशेष ध्यान दिदै आएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरु आफू जुनसुकै ठाउँमा खटिएता पनि संगठनलाई शिरमा राखेर सवैसँग समन्वय एवं सहकार्य गर्दै प्राप्त म्याण्डेट बमोजिमको जिम्मेवारी निर्वाहमा सधैं कटिबद्ध रहन निर्देशन दिनुभयो । उहाँले दक्षिण सुडानमा खटिएको सो टोलीले त्यहाँका जनता अप्ठेरोमा पर्दा सेवा पु¥याउनुको साथै उद्धार कार्यमा प्रभावकारी ढंगले दायित्व निर्वाह गरेको तथा नेपालको नाम उचाईमा पु¥याउने गरी उदाहरणीय कार्य गरेको भन्दै सो टोलीको प्रशंसा समेत गर्नुभयो । कार्यक्षेत्रमा आउन सक्ने चुनौतीहरुको सामान गर्न सवै एकढिक्का भई अगाडि बढ्नु पर्ने उल्लेख गर्नुहँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले आपसी विश्वास र सम्बन्ध कायम गर्दै आगामी दिनमा अझै उत्कृट ढंगबाट दायित्व निर्वाह गर्न सक्रिय रहनुपर्ने चर्चा समेत गर्नुभयो । सशस्त्र प्रहरी नायव उपरीक्षक गाहर्धन राईको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा एपीएफ अधिकृत, बिल्लादार तथा जवान गरी कूल १ सय २६ जना रहेका छन् । कार्यक्रममा एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE ...more

2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-24 - 2017-08-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/01/2074/075 (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-07-13
Chief Medical Support Section, P-5
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
2017-07-10
सशस्त्र प्रहरी निरीक्षक पदको गुणमापक परीक्षाको नतिजा प्रकाशन।
2017-07-09
कार्य सम्पादन मूल्याङ्कन फारम सम्बन्धी सूचना
2017-07-04
सशस्त्र प्रहरी जवानहरुको सरुवा
2017-07-03
Notice for Enlistment
2017-07-03
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको पदस्थापन सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा