सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट विदाई

29th June, 2017
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा कार्यगर्न जान लागेको १ सय ४० सदस्यीय एपीएफ टोलीलाई असार १५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोह वीच शुभकामनासहित हार्दिक विदाई गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ सहयोग पु¥याउने उद्देश्यका साथ युृएन मिसनमा खटिई जाने सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो सेवा त्यहाँका पीडित नागरिकको लागि हो भन्ने भावनाबाट अभिप्रेरित भई कार्यक्षेत्रमा उच्चस्तरको पेशागत दक्षता र कार्यकुशलता प्रदर्शन गरी उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । राष्ट्र र संगठनको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि सेवा गर्ने मौका प्राप्त हुनुलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भन्नुभयो– ‘मिसनमा रहँदा आफ्नो देश, संगठन र प्राप्त जिम्मेवारीप्रति सधैं इमान्दार रहनुहोस ।’ उहाँले संगठनका अग्रज नेतृत्वको प्रयास र विगतमा खटिएका एपीएफ टोलीले मिसन इलाकामा गरेको उदाहरणीय कार्य एवं योगदानका कारण सशस्त्र प्रहरी बल नेपालको तर्फबाट एफपीयु मिसनमा संख्या बृद्धिसँगै निरन्तर रुपले सहभागिता हुँदैआएको चर्चा समेत गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले विभिन्न देशबाट सो मिसनमा सहभागि भएका सुरक्षाकर्मी लगायत सम्बन्धित सवैसँग समन्वय गरी त्रुटिरहित ढंगबाट जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, शैलेन्द्र खनाल, पुष्पराम के.सी. नारायणबाबु थापा र रामशरण पौडेल लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी उपरीक्षक शम्भु उप्रेतीको कमाण्डमा साउथ सुडानको बोरमा खटिएको उक्त टोलीमा सिनियर अधिकृत १२ जना, जुनियर अधिकृत २२ जना र १ सय ६ जना विल्लादार जवान गरी कूल १ सय ४० जना सहभागि रहेका छन् ।

RECENT NOTICE ...more

2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-24 - 2017-08-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/01/2074/075 (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-07-13
Chief Medical Support Section, P-5
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
2017-07-10
सशस्त्र प्रहरी निरीक्षक पदको गुणमापक परीक्षाको नतिजा प्रकाशन।
2017-07-09
कार्य सम्पादन मूल्याङ्कन फारम सम्बन्धी सूचना
2017-07-04
सशस्त्र प्रहरी जवानहरुको सरुवा
2017-07-03
Notice for Enlistment
2017-07-03
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको पदस्थापन सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा