सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

25th June, 2017
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका चिरञ्जीबी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रबिणकुमार श्रेष्ठ र कविन्द्रमान श्रेष्ठलाई असार ११ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोह बीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार मन्त्रिस्तरको असार ९ गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा सेवा प्रवेशपछि पदोन्नती, सरुवा, पुरस्कार जस्ता कार्य नियमित प्रकृया भएको उल्लेख गर्नुहुँदै संगठनले रिक्त रहने पदहरुमा बढुवा र कर्मचारीहरुको सरुवालाई सिस्टमेटिक तरिकाले अगाडि बढाउँदै लैजाने बताउनुभयो । उहाँले यस्ता पदोन्नती, सरुवा लगायतका कार्यहरुबाट संगठनले एक किसिमको गति प्रदान गर्नुको साथै कर्मचारीको बृत्तिविकासमा समेत टेवा पुग्ने बताउनुहुँदै संगठनले दिएको यस अवसरलाई सदुपयोग गर्दै आफूसँग भएको ज्ञानसीप र क्षमतालाई संगठनको इज्जत प्रतिष्ठा अभिबृद्धि गर्नेतर्फ लगाई संगठनलाई अझै सशक्त ढंगबाट अगाडि बनाउने कार्यमा योगदान पु¥याउनुु पर्ने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले उपलब्ध साधनश्रोत र जनशक्तिलाई सही ढंगबाट परिचालन गरी राष्ट्र, नागरिक, संगठन एवं मातहत कर्मचारीको समेत हितलाई ध्यानमा राख्दै आगामी दिनमा अझै एकताबद्ध भई संगठनको नीतिनिर्देशन बमोजिमको कार्यलाई पारदर्शी एवं प्रभावकारी रुपमा सम्पन्न गर्नेतर्फ सधैं क्रियाशिल रहन निर्देशन दिनुभयो । पदीय हिसावले कोही अगाडिपछाडि हुने भएतापनि लिडरसीपमा रहनेले सुझबुझपूर्वक कार्य गर्नुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले माथिल्लो तहमा सवैलाई पुग्न गाह्रो हुने भएपनि सशस्त्र प्रहरी कर्मचारीले आफूले के पाए भन्दा पनि आफ्नो दायित्वलाई प्रभावकारी ढंगले पुरा गरेमा अवसरहरु प्राप्त हुने बताउनुभयो । उहाँले संगठनबाट अगाडि बढेका कामकारवाहीहरु समयमै गृह मन्त्रालयबाट पुरा भएको हुँदा संगठनको मनोवल बढेको चर्चा समेत गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठलगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, नारायणबाबु थापा र रामशरण पौडेल लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE ...more

2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-24 - 2017-08-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/01/2074/075 (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-07-13
Chief Medical Support Section, P-5
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
2017-07-10
सशस्त्र प्रहरी निरीक्षक पदको गुणमापक परीक्षाको नतिजा प्रकाशन।
2017-07-09
कार्य सम्पादन मूल्याङ्कन फारम सम्बन्धी सूचना
2017-07-04
सशस्त्र प्रहरी जवानहरुको सरुवा
2017-07-03
Notice for Enlistment
2017-07-03
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको पदस्थापन सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा