सशस्त्र प्रहरी परिवार महिला संघद्वारा लागूऔषधबिरुद्ध सचेतनामूलक कार्यक्रम संचालन

23rd June, 2017
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले असार ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लागूऔषधबिरुद्ध एक दिवसीय सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रो.डा.देशराज बहादुर कुँवर, नार्कोनन् नेपालका अध्यक्ष तथा दक्षिण एसिया प्रमुख वसन्तराज कुँवर र सोही संस्थाका विशेषज्ञ पूजा कुँवरले प्रशिक्षण दिनुभएको थियो । लागूऔषधको दुरुपयोग तथा अवैध ओसार पसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित सो कार्यक्रममा लागूऔषधको अवैध ओसारपसार, प्रयोग तथा यसको असर, लागूपदार्थ दुव्र्यसन तथा दुरुपयोग नियन्त्रण एवं यसबाट बच्न सकिने उपाय, उपचार पद्धती लगायत विभिन्न विषयमा उहाँहरुले प्रशिक्षण दिनुभएको थियो । सशस्त्र प्रहरी परिवार महिला संघले लागूऔषधको दुरुपयोग नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले संचालन गरेको उक्त सचेतनामूलक कार्यक्रममा सो संघका उपाध्यक्षद्वय श्रीमती मुना ओझा र श्रीमती ज्योति के.सी. लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरु एवं नेपाल एपीएफ स्कुलका छात्रछात्रा लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE ...more

2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-24 - 2017-08-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/01/2074/075 (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-07-13
Chief Medical Support Section, P-5
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
2017-07-10
सशस्त्र प्रहरी निरीक्षक पदको गुणमापक परीक्षाको नतिजा प्रकाशन।
2017-07-09
कार्य सम्पादन मूल्याङ्कन फारम सम्बन्धी सूचना
2017-07-04
सशस्त्र प्रहरी जवानहरुको सरुवा
2017-07-03
Notice for Enlistment
2017-07-03
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको पदस्थापन सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा