एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ

12th May, 2017
मोरङ, मोरङ जिल्लाको बिराटनगर उपमहानगरपालिका १५ स्थित सीमावर्ती क्षेत्रबाट बैशाख २८ गते ३ लाख ४८ हजार तीन सय असी भारतीय रुपैयाँसहित एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा गुल्म जोगवनीबाट खटिएको एपीएफ टोलीले भारतको अररिया जिल्ला घर बताउने करीव ५३ वर्षिय कार्तिकचन मण्डललाई उल्लेखित भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा निज मण्डलको साथमा दुई हजार रुपैयाँ दरको एक सय ७३ थान, २० रुपैयाँ दरको ७३ थान र १० रुपैयाँ दरको ९२ थान भारतीय रुपैयाँ फेला परेपछि उनलाई उक्त रकमसहितै पक्राउ गरिएको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरी नायव निरीक्षक चक्रबहादुर बस्नेतको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

RECENT NOTICE

2017-05-18
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-17
राष्ट्रियस्तरको सिलबन्दी बोलपत्र आह्वानको सूचना (नेपाल ए.पी.एफ. अस्पताल)
2017-05-12
सशस्त्र प्रहरी निरिक्षक पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सुचना
2017-05-11
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-11 - 2017-05-25
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.६/०१ (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-05-08
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन।
2017-05-02
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-30
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)