एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी बरामद

12th May, 2017
सुनसरी, अवैध रुपले ल्याइएको विभिन्न किसिमको औषधी सुनसरी जिल्लाको देवानगञ्ज गाँउपालिका ४ स्थित सीमावर्ती इलाकाबाट एपीएफ टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि बैशाख २९ गते स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । करीव दुई लाख ११ हजार रुपैयाँ बराबरको उक्त औषधी सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कप्तानगञ्जबाट खटिएको एपीएफ टोलीले बैशाख २८ गते राति बरामद गरेको थियो । नम्बर प्लेटविनाको नयाँ युनिकन मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै मोटरसाइकल र औषधी छाडेर भागी फरार भएपछि एपीएफ टोलीले बरामद गरेको थियो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरी आजै भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरी निरीक्षक नवराज सापकोटाको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले त्यसवेला अवैध चोरीपैठारीको जेनेग्रा, पेन्टाजोल, एम्पील, क्लियर किट, मेड्ली लगायतको औषधी बरामद गरेको थियो ।

RECENT NOTICE

2017-05-18
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-17
राष्ट्रियस्तरको सिलबन्दी बोलपत्र आह्वानको सूचना (नेपाल ए.पी.एफ. अस्पताल)
2017-05-12
सशस्त्र प्रहरी निरिक्षक पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सुचना
2017-05-11
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-11 - 2017-05-25
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.६/०१ (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-05-08
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन।
2017-05-02
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-30
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)