एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण

10th May, 2017
कैलाली, कैलाली जिल्लाको लम्की चुहा नगरपालिका ७ स्थित चाकावरीमा बैशाख २६ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सोहि ठाउँमा रहेको सेदुलला चौधरी र केशव चौधरीले संचालन गर्दै आएको किराना पसलमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सुरक्षा वेश प्रतापपुरबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । सो आगलागीबाट करीव १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ ।